पोखरा । मरेको खसी काटी बेचविखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ स्थित मोडेल सप्लार्यसमा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्ममा काम गर्ने ३२ वर्षीय राम गुरुङ रहेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले फर्ममा मरेको खसीलाई डे«सिङ गरिरहेको तथा बिक्री वितरण गर्ने तयारी रहेको ५४ किलो खसीको मासु सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुलाई कालो बजारी तथा केही सार्वजानिक अपराध सम्बन्धी कसूरमा पाँच दिनको लागि म्याद थप गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *