काठमाडौं । ‘ऊनको स्वीटर’ र ‘जार’ एकैदिन प्रदर्शन हुने नेपाली फिल्म हुन। यही बैशाख २६ गतेदेखि हलमा प्रदर्शन हुन लागेका यी दुई फिल्मले बुधबारदेखि फिल्मको टिकट बुकिङ खुलाएको छ।

दुइटै फिल्मको कथा फरक,फरक कथा र विषयवस्तुमा आधारित छ। एकैदिन चल्ने फिल्मको सो बाँडफाँडमा भने आकाश जमिनको फरक देखिएको छ।

देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले ‘जार’ लाई उपत्यकामा १३ र मोफेसलमा ११ गरी जम्मा २३ सो दिएको छ। आइएनआइ सिनेमा अन्तर्गतको लोत्से मल, एनबी सेन्टर, क्युबक्स, र सिमरा बिजनेस सेन्टरको हलमा जम्मा ८ सो छ। त्यस्तै वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीकाटी ट्रेड सेन्टरमा फिल्मको ६ सो छ। रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिडिसी सिनेमाजमा सो पाएको छ। फिल्मले देशैभर ५० भन्दा बढी सो पाएको टिमले जनाएको छ।

त्यस्तै, ‘ऊनको स्वीटर’ लाई क्युएफएक्स सिनेमाजले उपत्यकामा २३ र मोफसलमा २७ गरी जम्मा ४९ सो दिएको छ। आइएनआइ सिनेमा अन्तर्गतको लोत्से मल, एनबी सेन्टर, क्युबक्स, र सिमरा बिजनेस सेन्टरको हलमा फिल्मले १७ सो पाएको छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीकाटी ट्रेड सेन्टरमा ७ सो, रञ्जना सिनेप्लेक्स र बिग मुभिजमा ६-६ सो छ। फिल्मले पहिलो दिनमा सयभन्दा बढी सो पाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *