पोखरा । पछिल्लो समयकी व्यस्त तथा लोकप्रिय गायिका शान्तिश्री परियार र नव गायक हिमलाल सुनारको स्वरमा नयाँ लोक दोहारी गीत ‘दिलको ढोका’ बजारमा सार्वजानिक भएको छ ।

गीतमा दिपक अधिकारीको शब्द र सन्तोष सुवेदीको संगीत रहेको छ । गीतमा माया प्रेमका भावहरु प्रस्तुत गरिएको छ ।

भावना म्युजिक सोलुसनबाट सार्वजानिक भएको गीतमा व्यस्त मोडल बिमल अधिकारी र सरिता दान्कुटीले कम्मर मर्काएका छन् । गीतको भिडियोलाई प्रविन थापाले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको उक्त भिडियोलाई अमृत चापागार्इँको सम्पादन रहेको छ । गीतलाई याम थापा मगरले एरेन्ज गरेका हुन् ।

नव गायक सुनारको यो दोस्रो गीत हो । उनले यसअघि ‘मेरै माया जाती’ नामक दोहोरी गीत बजारमा ल्याएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *