पोखरा । गायक सुशान्त केसीले फिल्म ‘कर्मा’को एउटा गीतमा स्वर दिएका छन् । योसँगै उनको फिल्म गायनमा डेब्यू समेत भएको छ । उनले फिल्मका लागि ‘पागल पागल जस्तै’ बोलको गीत गाएका हुन् ।

यसमा उनी स्वयंको शब्द रचना तथा संगीत छ । गीतको भिडियोमा उनी आफैं देखिएका छन् । अघिल्लो हप्ता उनको भागको छायांकन गरिएको निर्देशक सौरभ चौधरीले जानकारी दिएका छन् ।

चैत्र २९ गतेबाट रिलिजमा आउन लागेको फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्य देव, बेन बस्नेत लगायतको अभिनय छ ।

एक्सन र पारिवारिक कथामा निर्माण भएको फिल्मले बक्स अफिसमा उत्साहजनक ओपनिङ गर्ने विश्वास गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *