


काठमाडौं । टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को रोचक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले भब्य र आकर्षक सेटसहित कलाकारको क्यारेक्टर लुक्स र माहोल पेश गरेको छ ।
विशाल भण्डारी होस्ट तथा निर्देशक रहेको शोको पहिलो गेस्टको रुपमा ट्रेलरमा दीपकराज गिरी र जितु नेपाल देखिएको छन् । यो शोमा दिपाश्री निरौला अध्यक्षकै कुर्चिमा रहेकी छन् ।


भव्य सेट र नयाँ संरचनाले दर्शकलाई मोहित तुल्याउन सक्छ । प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइरालाले शोमा प्रस्तुति दिएका छन् ।
यो शो हिमालय टिभीमा प्रसारण र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट स्ट्रिमिङ हुनेछ । हिमालय टिभीमा चैत १९ देखि प्रत्येक मंगलबार राती ८ बजेदेखि शो प्रसारण हुनेछ ।
