पोखरा । फुटबल खेलाडी सावित्री भण्डारीको सम्मानमा लमजुङको मस्र्याङदी गाउँपालिका–९ खुदी पुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गर्ने भएको छ । गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले सावित्राको फोटोसहितको होल्डिङ बोर्ड राखेर ‘साम्बा चोक’ नामकरण गर्ने निर्णय हो ।

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा रहेको मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई ‘साम्बा चोक’ नामाकरण गर्दा सावित्राको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने विश्वास लिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले राष्ट्रको गहनाको रूपमा स्थापित सावित्राको सम्मानार्थ चोकको नामाकरण गर्न लागिएको बताएका छन् ।

मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मिएकी सावित्रा भण्डारी नेपाली महिला फुटबलको एक चर्चित नाम हो । उनी ‘साम्बा’ उपनामले पनि परिचित छन् । सशस्त्र प्रहरी बल क्लबबाट आफ्नो व्यावसायिक फुटबल यात्रा सुरु गरेकी सावित्राले हालसम्म नेपाली राष्ट्रिय महिला टोलीका लागि ५० भन्दा बढी गोल गरिसकेकी छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *