पोखरा । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै जेठ १५ गतेदेखि फिल्म विश्वब्यापी प्रदर्शनमा आउने जनाएका हुन् । सो मितिमा नेपालसहित विदेशमा फिल्म एकसाथ रिलिज हुने जनाइएको छ ।

पोस्टरको केन्द्रमा आर्यन सिग्देललाई देख्न सकिन्छ । उनले शिरमा कालो टोपी र कोटमा नेपाली झन्डा अंकित लोगो झुन्ड्याएका छन् । यसले उनी नेताको भूमिकामा रहेको संकेत गर्छ ।

आर्यनको दायाँ र बायाँ खगेन्द्र लामिछाने र दयाहाङ राईलाई राखिएको छ । उनीहरूको अनुहारमा आक्रोश, पीडा र अन्यायको भाव देखिन्छ । उनीहरूसहित फिल्मका मुख्य अभिनेत्रीहरू अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत पनि पोस्टरमा चित्रित छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *