पोखरा । निर्देशक अशोक शर्माले नयाँ फिल्म ‘डबल ट्रिपल’ घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा चलचित्रको पोस्टर सार्वजानिक गर्दै आगमी दशैको फूलपातीमा रिलिज मिति समेत तय गरेका छन् ।

फिल्मबारे जानकारी दिँदै शर्माले सामाजिक संजालमा लेखेका छन् ‘हामी आउँदैछौँ तपाईंको मज्जा ‘डबल’ होइन ‘ट्रिपल’ गर्न ।’ उक्त पोस्टमा शर्माले शीर्षक र कलाकारबारे जानकारी गराएका छन् ।

चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ् लगायतका कलाकारको अभिनय रहनेछ ।
यो निर्देशक अशोक शर्माको होम प्रोडक्सनमा निर्माण हुनेछ । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत र सुनिल क्षेत्रीको कोरियोग्राफी रहनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *